काठमाडौं । गंगामाया अधिकारीका छोरा नुरप्रसाद अधिकारी पक्राउ परेका छन् ।
ज्यान मुद्दामा अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर, ललितपुरले उनलाई पक्राउ गरेको हो । प्रहरीले उनीमाथि अनुसन्धानका लागि जिल्ला अदालत, ललितपुरबाट ७ दिनका लागि अनुमति लिएको छ । परिसरका एसपी शेखर खनालका अनुसार आइतबार उच्च अदालत पाटनमा तोडफोड गर्दै त्यहाँका अधिकृतलाई लक्षित गरेर आक्रमण गरेपछि उनलाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार जग्गासम्बन्धी मुद्दामा जिल्ला अदालत, काठमाडौंले उनीविरुद्ध फैसला गरेको थियो । त्यसपछि उच्च अदालत पुगेका उनी पुनः जिल्लाकै आदेश सदर भएपछि तोडफोड र आक्रमणमा उत्रिएका थिए । उनको मुद्दा न्यायाधीश रमेश पोखरेल र शेखरप्रसाद पौडेलको इजलासले फैसला गरेको थियो ।





प्रतिक्रिया