बुटवल । अर्थमन्त्री डा। युवराज खतिवडाले विकासका ठूला आयोजनाहरू समयमै सम्पन्न गर्न ठेकेदारहरूलाई निर्देशन दिएका छन् ।
बुटवल उद्योग वाणिज्य संघको ६५औं वार्षिक साधारणसभाको सोमबार बुटवलमा उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले ठूला आयोजनाहरू समयमै सम्पन्न नहुँदा विकासले गति लिन नसकेको टिप्पणी गरे ।
आयोजनका काम लम्बाउने छुट कसैलाई नभएको उनले बताए । ठेकेदारले आयोजनाका काम झुलाउँदा त्यसको प्रत्यक्ष असर सरकारलाई परेको भन्दै उनले जग्गाको प्रकृति छुट्याएर जग्गामा कर निर्धारण गर्ने पनि बताए ।
कर बढेको गुनासो आएपछि त्यसलाई निर्धारण गर्नका लागि संसदमा विधयेक लैजाने तयारी गरेको उनले जानकारी दिए ।





प्रतिक्रिया