देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दशैँमा घर जानेहरुका लागि आजदेखि अग्रिम टिकट खुला

देशान्तर

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दसैँको अग्रिम टिकट बुकिङ आजदेखि खुला गरिएको छ । महासंघको सोमबार बसेको बैठकले आजदेखि अग्रिम टिकट खोल्ने निर्णय गरेको थियो ।

यसअघि यातायात व्यवसायीले ५ गतेदेखि टिकट बुकिङ खोल्न सहमति जनाए पनि इन्धनको भाउ बढेपछि भाडा समायोजन गर्नुपर्ने भन्दै बुकिङ रोकेका थिए।

व्यवसायीको दबाबपछि सरकारले तत्काल १० प्रतिशत भाडा बढाउने र मंसिरसम्म भाडादर समायोजन गर्ने निर्णय गरेसँगै उनीहरू टिकट बुकिङ खोल्न राजी भएका हुन्। महासंघ टिकट बुकिङ खोल्न राजी भए पनि बढेको भाडाको लिस्ट नआएको भन्दै बुकिङ खुलेको थिएन।

आइतबार साँझ यातायात व्यवस्था विभागले नयाँ भाडादर निर्धारण गरेपछि महासंघको सोमबार बसेको बैठकले आजदेखि टिकट बुकिङ खोल्ने निर्णय गरेको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए।