देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

९ वर्षीया बालिको बलात्कारपछि हत्या

देशान्तर

काठमाडौं । कास्कीको पुम्दी भुम्दी कोदीकी ९ वर्षीया श्रेया बिकको बलात्कारपछि हत्या गर्नेलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

सोमबार बेलुका ६ बजे घरबाट हराएकी ९ वर्षीया बालिका श्रेया बिकको मंगलबार बिहान शव भेटिएको थियोे । घटनापछि तत्काल अनुसन्धानमा खटिएको टोलीले २४ घण्टा नपुग्दै घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो ।

बुधबार नै पत्रकार सम्मेलन गरेर उक्त व्यक्तिलाई सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।घटनामा संलग्न छिमेकीको भएको बताइएको छ ।

सोमबार साँझ विद्यालयबाट फर्केर बिस्कुट किन्न पसल गएकी उनी मंगलबार बिहानै झाडीमा अर्धनग्न अवस्थामा मृत भेटिएकी थिइन् ।