देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पुनर्निर्माण नभए काठमाडौंका सम्पदा सूचीमा नरहने

देशान्तर

काठमाडौं । युनेस्कोले काठमाडौं उपत्यकाभित्रका सांस्कृतिक सम्पदा विश्व सम्पदा सूचीबाट हट्नसक्ने चेतावनी दिएको छ। भूकम्पका कारण क्षति पुगेका सम्पदाको पुनर्निर्माणमा सरकारले ढिलाइ गरेको भन्दै युनेस्कोले यस्तो चेतावनी दिएको हो। संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोको ४०औँ अधिवेशनले नेपाललाई एक वर्षको समयसीमा छँदै सुधारको अवसर दिएको छ।

‘एक वर्षभित्र नेपालले सम्पदा पुनर्निर्माणमा चित्तबुझ्दो कार्य प्रगति गर्न सकेन भने काठमाडौं उपत्यकाभित्रका सम्पदा विश्व सम्पदा सूचीबाट खतराको सूचीमा पर्नेछन्,’ मन्त्रालयका सचिव प्रेमकुमार राईले भने, ‘भर्खरै भूकम्पको त्रास बिर्सदै अगाडि बढ्दै गरेको नेपाललाई सहानुभूतिस्वरूप एक वर्षको अवसर दिइएको हो।’ यसअघि भूकम्पपछि भत्किएका सम्पदाको पुनर्निर्माण सुस्त रहेको, नेपालले कतिपय सम्पदा हुबहु पुनर्निर्माण गर्न नसक्ने, स्रोतको जोहो हुन नसकेकोलगायत कारण देखाउँदै काठमाडौं उपत्यकालाई खतराको सूचीमा राख्ने प्रस्ताव महाधिवेशनमा प्रस्तुत भएको थियो। 

प्रस्तावको छलफलका क्रममा युनेस्कोको २१ सदस्यीय ब्युरो कमिटीमध्ये १८ सदस्य नेपालको पक्षमा उभिएपछि तत्काल खतराको सूचीमा पर्नबाट जोगिएको सचिव राईले जानकारी दिए। बुधबार युनेस्को अधिवेशन सम्बन्धमा व्यवस्थापिका संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकलाई जानकारी गराउ“दै सचिव राईले चालू आर्थिक वर्ष सम्पदा पुनर्निर्माणमा अधिकतम लगानी गर्नुपर्ने बताएका हुन् । नयाँ पत्रिका दैनिकमा समाचार छ।

]]>