देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नौ लाख चोरी गर्ने ३ जना पक्राउ

देशान्तर

काठमाडौं । पोखरास्थित सिर्जना चोकमा रहेको जनएकता बचत तथा ऋण सहकारीबाट ९ लाख १४ हजार ४ सय ५ रुपैयाँ चोरी गर्ने समूहका तीन जना सदस्य पक्राउ परेका छन् ।

गत भदौ ३१ गते सहकारीको सेफमा राखेको उक्त रकम चोरेको थियो ।चोरीमा संलग्न दुई महिला र एक पुरुष गरी ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पक्राउ पर्नेमा पोखरा ७ एयरपोर्ट बस्ने २२ वर्षीया विनिता गुरुङ, पोखरा १५ रामबजार बस्ने अञ्जली गुरुङ र पोखरा ६ गौरीघाट बस्ने १८ वर्षीय कमल ठगुन्ना छन् ।