देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रमुख पर्यटकीय गन्तव्य छनोट हुदैंँ

देशान्तर

काठमाडौं । सरकारले एक सय वटा प्रमुख पर्यटकीय गन्तव्य छनोट गरी पर्यटनको विविधिकरण, विस्तार र विकास गर्ने रणनीति बनाएको छ ।

ती पर्यटकीय गन्तव्यको छनोट अन्तिम चरणमा पुगेको र त्यसले सन् २०२० सम्ममा २० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य हाशिल गर्न सहयोग र्पुयाउने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

सो लक्ष्य पूरा भएसँगै नेपालमा टुरिजम प्रोजेक्ट बैंकको आधार समेत बन्ने संस्कृति पर्यटन तथा नागरिक उड्डयन रविन्द्र अधिकारीले बताए ।

बिहिबार टुरिजम एण्ड दी डिजिटल ट्रान्सफर्मेशन’ भन्ने नाराका साथ ३९ औं विश्व पर्यटन दिवस मनाइँदैछ । दिवसका अवसरमा मन्त्रालय , ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल टान लगायतले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।