काठमाडौं । पूर्वस्वास्थ्यमन्त्री तथा नेपाली काङ्ग्रेसका नेता गगनकुमार थापाले युवा अवस्थामै मुटुको ख्याल गर्न आग्रह गरेका छन ।
विश्व मुटु दिवसका अवसरमा काठमाडौँमा शनिबार आयोजित कार्यक्रममा निश्चित उमेरसम्म केही हुँदैन, उमेर बढ्दै गएपछि मात्रै रोग लाग्छ भन्ने सोचाइ गलत भएको उल्लेख गर्दै आफ्नो स्वास्थ्यका बारेमा सरकारलाई गाली गरेर नभई आफैँ ख्याल गर्नुपर्नेमा जोड दिए ।
नागरिकको स्वास्थ्यका बारेमा सरकारको पनि केही जिम्मेवारी भएपनि ८० प्रतिशत जिम्मेवारी नागरिक आफैंको भएको पूर्वस्वास्थ्यमन्त्री थापाले बताए ।
स्वस्थ्य नागरिकबिना मुलुक समृद्ध बन्न नसक्ने बताउँदै उनले निरोगी नागरिकबाट मात्रै मुलुकले समृद्धि हासिल गर्नसक्ने धारणा व्यक्त गरे





प्रतिक्रिया