काठमाडौं । विषक्त रक्सीका कारण मलेसियामा मृत्युभएका ६ जनाको शव नेपाल ल्याइएको छ । गएराती रुपन्देहीको मसिना ६ का रामकुमार यादवको र शनिबार सर्लाहीका शेरबहादुर ठकुरीको शव नेपाल ल्याइएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ ।
सर्लाहीकै आइत सिंह गोले र नवलपरासीको देउरालीका दुर्गासिंह रानाको शव बिहीबार नेपाल ल्याइएको हो । सुनसरीका संजय उराव र इलामका बलबहादुर कुलुङको शव पनि नेपाल ल्याइसकिएको खबर आएपनि परिवारले बोर्डमा सम्पर्क नगरेको प्रवद्र्धन बोर्डले जनाएको छ ।
विषक्त रक्सी खादा १० जना नेपाली कामदारको मलेसियामा मृत्युभएको थियो। बोर्डका अनुसार भिमबहादुर घलेको शव आइतबार नेपाल ल्याउने तयारी छ । त्यसैगरी बिशाल बुढाथोकीको १६ गते, सुकुवल घिसिङको १७ गते र बिमल कार्कीको शव १८ गते नेपाल ल्याउने तयारी छ ।





प्रतिक्रिया