काठमाडौँ । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि भएको हत्याकाण्डमा संलग्न रहेको आरोप लागेका तत्कालिन एसपी डिल्लीराज विष्टसहित ३ जनाको डीएनए परीक्षणको रिपोर्ट आएको छ ।
एसपी बिष्ट, उनका छोरा किरण बिष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुश बिष्टको डीएनए परीक्षण गराउन रगतको नमूना संकलन गरिएको थियो ।
तीनै जनाको डीएनए रिपोर्ट शुक्रबार कञ्चनपुर आईपुगेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कठायतले जानकारी दिए ।
उनले भने, ‘आज शनिबार सरकारी विदा परेकाले डीएनए रिपोर्ट खोलेका छैनौं, अब भोलिमात्र सरकारी वकीलसँग परामर्श गरेर अदालतमा पेश गछौं ।’
तिनै जनाको त्रिवि शिक्षण अस्पतालको फरेन्सिक ल्याबमा डीएनए परीक्षण गरिएको हो ।
यसअघि प्रहरीले मुख्य अभियुक्तको रुपमा सार्वजनिक गरेको दिलिपसिंह विष्टको डिएनए रिपोर्ट नमिलेपछि उनी छुटेका थिए । त्यस्तै, निर्मला पन्तको हत्या हुनु अगाडि उनी गएको घरकी रोशनी र बबिता बम पनि छुटिसकेका छन् ।





प्रतिक्रिया