देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सरकारलाई गुणस्तरीय खाद्यन्नको व्यवस्था गर्न कृषि समितिको निर्देशन

देशान्तर

काठमाडौं । संसदीय समितिले दशैं, तिहार, छठ पर्वमा अभाव नहुने गरी गुणस्तरीय खाद्यन्नको उचित व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

प्रतिनिधिसभा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले दशैं, तिहार, छठ पर्वमा अभाव नहुने गरी गुणस्तरीय खाद्यन्नको उचित व्यवस्था गर्न कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिले दैनिक उपभोग्य वस्तुको कालोबजारी हुन नदिने गरी आवश्यक अनुगमनको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएको छ ।

दशैं, तिहार जस्ता महत्वपूर्ण चाडमा अभाव नहुने गरी गुणस्तरीय खाद्यान्नको उचित व्यवस्था गर्न सरकारलाई निर्देशन दिइएको समितिकी सभापति पूर्णकुमारी सुवेदीले जानकारी दिइन् ।