काठमाडौं । महानगरीय प्रहरी परिसर ललितपुरले चाडबाड सुरक्षा योजना सार्वजनिक गरेको छ । चाडबाडको समयमा मानिस घरमा नहुने, किनमेल गर्दा भिडभाडको समयमा लुटपाटमा घटना घट्ने भन्दै प्रहरीले विशेष सुरक्षा योजना सार्वजनिक गरेको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।
सुरक्षा योजना अनुसार जिल्लामा २४ सै घण्टा सुरक्षा व्यवस्था मिलाइएको छ । त्यसको लागि एक हजार ९७ जना प्रहरी परिचालन हुनेछन्।
बिभिन्न बित्तिय संघ संस्था,स्थानीय क्लव, भद्रभलादमी, बुद्धिजिवी समाजसेवी, बिभिन्न राजनैतिक दलका पदाधिकारीसँग गरिएको अन्तरक्रियात्मक एवं जनचेतनामुलक कार्यक्रमबाट सुरक्षा योजना ल्याएको खनालको भनाई छ । गस्ती टोलीमा मोबाइल टोलीदेखि साइकल गस्ती रहनेछ ।





प्रतिक्रिया