देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

टी-२० विश्वकप छनोट खेल खेल्न नेपाली टोली मलेसिया प्रस्थान

देशान्तर

काठमाडौं । सन् २०२० मा अस्ट्रेलियामा हुने टी–२० विश्वकपको पहिलो चरणको छनोट प्रतियोगिता खेल्नका लागि नेपाली टिम मलेसिया प्रस्थान गरेको छ।

असोज १७ देखि २६ गतेसम्म मलेसियामा हुने प्रतियोगितामा नेपालसहित ७ टिमले प्रतिस्पर्धा गर्नेछन्। एसियाको पूर्वी राष्ट्रबीच हुने प्रतिस्पर्धामा नेपाल, सिंगापुर, मलेसिया, भुटान, चीन, म्यानमार र थाइल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ।  राउन्ड रोबिनको आधारमा हुने  प्रतिस्पर्धाबाट ३ टिम दोस्रो चरणको छनोटमा छानिनेछन्।

यसअघि एसियाको पश्चिम क्षेत्रीय छनोटबाट ३ टिमले दोस्रो चरणमा स्थान पक्का गरिसकेका छन्। एसिया पश्चिम क्षेत्रबाट यूएई, कतार र कुवेतले अन्तिम दोस्रो चरणमा स्थान बनाएका थिए। दोस्रो चरणमा यूएई, कतार र कुवेतसँगै पूर्व क्षेत्रबाट छनोट हुने ३ टिमसहित ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो चरणबाट २ टिम मात्र अन्तिम चरणका लागि छनोट हुनेछन्।

अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टिमबीच प्रतिस्पर्धा हुनेछ। १४ मध्ये ६ टिम टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन्।

नेपाली टिम
पारस खड्का (कप्तान), अनिलकुमार साह, बसन्त रेग्मी,  विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी, आरिफ शेख, प्रदीप ऐरी, सन्दीप लामिछाने, शरद भेषवाकर, सोमपाल कामी । वैकल्पिक खेलाडी : सुनील धमला, सहाब अलाम, दीपेश श्रेष्ठ, सागर पुन ।

जगत टमाटा – प्रशिक्षक

दिनेश भट्ट– फिजियो

रमन सिवाकोटी– व्यवस्थापक

 पहिलो चरणको छनोटमा नेपालको खेल 
असोज १७– नेपाल भर्सेस म्यानमार– किनरारा ओभल
असोज २०– नेपाल भर्सेस मलेसिया– किनरारा ओभल
असोज २१– नेपाल भर्सेस थाइल्यान्ड– किनरारा ओभल
असोज २३  – नेपाल भर्सेस भुटान– बायुमास ओभल
असोज २४– नेपाल भर्सेस चीन– किनरारा ओभल
असोज २६– नेपाल भर्सेस  सिंगापुर– किनरारा ओभल