देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चाेर्ने र चोरीका सामान किन्ने तीनजना पक्राउ

देशान्तर

काठमाडौं । रातको समयमा महाबौद्धका पसल चोरी गर्ने र चोरीका सामान किन्ने तीन जना पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सोमबार उनीहरुलाई काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा चोरीका मुख्य नाइके काभ्रे, पाँचखाल–६ का २० वर्षीय सन्तोया न्यौपाने, काठमाडौं चन्द्रागिरि–१४ का २१ वर्षीय निरश भन्ने सागर शाही र चोरीका सामान खरिद गर्ने कैलालीको टीकापुर–१ का ३६ वर्षीय भरत भण्डारी छन्। उनीहरुले असोज ६ गते महाबौद्धस्थित कार्की इलोक्ट्रोनिक्स पसलको गोदाम अगाडि राखिएको सामान चोरी गरेका थिए।

त्यस्तै उनीहरुले महाबौद्ध क्षेत्रका पसलबाट कपडा, ब्याग, इलोक्ट्रोनिक्स सामानहरु चाेर्ने गरेको प्रहरीले जनाएको छ। सामान चोरी गरेर उनीहरुले सस्तो मूल्यमा भरतलाई बेच्दै आएको अपराध महाशाखाले जनाएको छ। प्रहरीले उनीहरुको साथबाट चोरीका गरेका केही सामान पनि बरामद गरेको छ। पक्राउ परेका तीनैजनालाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त जनसेवा पठाइएको छ।