देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

५ किलो सुनसहित १ जना पक्राउ

देशान्तर

काठमाडौ । तारकेश्वर–३ तीनपिप्लेबाट ५ किलो सुनसहित एकजना पक्राउ परेका छन् ।

मंगलबार बेलुकी साढे ५ बजेतिर कम्मर र जुत्ताभित्र ५ किलो सुन लुकाएर ल्याउँदै गरेका बेला रसुवाका सोमबहादुर तामाङलाई पक्राउ गरेको बालाजु प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक जीवन निरौलाका अनुसार जाँचको क्रममा तामाङले कम्मरमा तीन किलो र जुत्तामा दुई किलो सुन लुकाएको भेटिएको हो । तामाङलाई मंगलबार नै प्रहरी परिसर टेकुमा राखिएको छ ।