देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पप्पुका तत्कालिन अध्यक्ष रौनियारविरुद्ध भ्रष्टाचार मुद्दा दायर

देशान्तर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्सट्रक्सनका तत्कालिन अध्यक्ष तथा सांसद हरिनारायण रौनियारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

पप्पु कन्सट्रक्सनबाट बर्दिया सदरमुकाम गुलरिया र बार बर्दिया नगरपालिका जोड्ने जब्दीघाटको पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरेको लगायतका आरोपमा रौनियारसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

संघीय समाजवादी फोरम नेपालबाट सांसदसमेत रहेका रौनियारविरुद्ध अख्तियारले १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ रुपैयाँ विगो माग दावी गरी मुद्दा दायर गरेको हो ।