देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

धुर्मी– खुर्कोट सडकमा मोटरेवल पुल निर्माणमा भएको ढिलाईमा कांग्रेसको चासो

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंव पूर्वमन्त्री बलबहादुर केसीसहित सोलु, ओखलढुंगा, खोटाङ र सिन्धुलीका कांग्रेस नेताहरुले घुर्मि –खुर्कोट सडक खण्ड अन्तरगतका मोटरेवल पुल निर्माण ढिलाई भएको भन्दै मध्य पहाडी लोकमार्ग निर्माण आयोजनाको कार्यलयसंग जानकारी मागेका छन् । सो सडक खण्डको खार्साङ खोला,सोखु खोला र बादुरे खोलामा निर्माण हुनुपर्ने मोटरेवल पुल २०६८ जेष्ठमा टेण्डर भएर पनि अहिले सम्म निर्माण सम्पन्न भएका छैनन् ।

यसका साथै सुनकोशी पुलदेखि घुर्मिबजार आसपास ५ किमि सडकको साथै घुर्मिदेखि चतरा जोड्ने कोशी कोरिडर सडकको पनि अहिले सम्म सम्पन्न हुन सकेको छैन् । पूर्वमन्त्री केसी सहितको टोलीले अहिलेसम्म सो सडक र पुल नबन्नुको कारणबारे मध्य पहाडी लोकमार्ग निर्माण आयोजनाको कार्यलयमा पुगेर जानकारी लिएका थिए भने तत्काल काम अगाडि बढाउन समेत दबाब सृजना गरेको केसीका नीजि सचिव बेदप्रसाद बनले जानकारी दिए ।

आयोजना प्रमुख सत्यन्द्र शाक्यले २०६८ जेष्ठमा पप्पु कन्ट्रकसनले ठेक्का लिई तिनवर्षमा सम्पन्न गर्नुपर्ने काम हालसम्म नगरेकोले उस्लाई कार्वाही गरिने जानकारी दिएका थिए । साथै धुर्मि एरियामा जग्गाको मुवाब्जाको विबाद भरखरै टुङ्गिएको हुदा अब चाडैं निर्माण अगाडि बढाउने र घुर्मि–चतरा सडकको काम मुआब्जा विवादका कारण ढिला भएको जानकारी गराएका थिए । सो टोलीमा नेता केसी,सिन्धुली जिल्ला सभापति उज्ज्वल बराल नेपाली कांग्रेस ओखलढुंगाकी पूर्वसभापति गोमा केसी लगायत सोलुखुम्बु, ओखलढुंगा र खोटाङ जिल्ला अग्रज व्यक्तित्वहरुहरुको सहभागिता थियो ।