देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस नेता बाँस्तोलाको अन्त्येष्टि आज

देशान्तर

काठमाडौं – पूर्व परराष्ट्रमन्त्री, पूर्व राजदुत तथा नेपाली कांग्रेसका पुराना नेता चक्रप्रसाद बाँस्तोलाको आज अन्त्येष्टि गरिँदैछ । बाँस्तोलाको शव दिउँसो साढे १ बजेदेखि ४ बजेसम्म पार्टी कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । कांग्रेसका शीर्ष नेताहरुले पार्टी कार्यालय पुगेर बाँस्तोलाप्रति श्रद्धाञ्जली ब्यक्त गर्ने कार्यक्रम छ ।

मस्तिष्कघातका कारण छ वर्षदेखि अर्धचेत अवस्थामा रहेका ७४ वर्षका बाँस्तोलाको स्वास्थ्य अवस्था थप जटिल बनेपछि शनिबार बिहान काठमाडौको बाँसबारीमा रहेको न्यूरो अस्पताल लगिएको थियो । तर, चिकित्सकले उपचार सम्भव नभएको बताएपछि उहाँलाई दिउँसो ललितपुरको खुमलटारमा रहेको निवासमा लगिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्गीय बाँस्तोलाप्रति श्रद्धाञ्जली ब्यक्त गर्नुभएको छ ।

यसैबीच दसैंको मुखमा भएको मूल्यवृद्धि नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउन ७७ वटै जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापन पत्र बुझाउने कार्यक्रम कांग्रेसले स्थगित गरेको छ ।  आजका लागि तय भएको कार्यक्रम नेता बाँस्तोलाको निधनका कारण स्थगित गरिएको कांग्रेस प्रवक्ता शर्माले जानकारी दिनुभयो ।