देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नवौं लिगलिगे राजा बने अनिश

देशान्तर

काठमाडौं ।यसवर्षको लिगलिगे राजा पर्वतका अनिश थापा भएका छन्। गोरखा र लम्जुङको सिमानामा रहेको चेपे र मर्स्याङ्दीको दोभानदेखि लिगलिगकोटसम्मको १३।५ किलोमिटर ५८।२५ मिनेटमा पार गर्दै थापा राजा भएका छन्।

१२२ जना धावकलाई पछि पार्दै उनी राजा बनेका हुन्। थापालाई श्रीपेच पहिराएर पालुंटार नगर परिक्रमा गराउने कार्यक्रम छ। एक वर्षका लागि राजा भएसँगै थापाले ६० हजार रुपैयाँ नगद पुरस्कार समेत पाए।

४०० वर्षअघि दौडेर लिगलिगे राजा हुने परम्परालाई जगाइराख्न लिगलिगे दौडको आयोजना गरेको अभियानले जनाएको छ। इतिहासअनुसार लम्जुङका राजकुमार द्रव्य शाह चेपेघाटबाट लिगलिगकोटसम्म दौडेर राजा बनेका थिए।

सोही इतिहासको सम्झनामा बिगत नौ वर्षदेखि लिगलिगकोट विकास अभियानले दौड प्रतियोगिताको आयोजना गर्ने गरेको छ। त्यस्तै बाग्लुङका तीर्थ पुन दोस्रो र नेपाली सेनाका रामजी बस्नेत तेस्रो बन्न सफल भए।