काठमाडौं । बाराको सिम्रौनगढ–३ मा ६ वर्षीय बालकको अपहरणपछि हत्या भएको छ ।स्थानीय धनेश्वर यादवका छोरा दीपकको अपहरणपछि हत्या भएको हो ।अपहरणकारीले फिरौती वापत १० लाख रुपैयाँ माग गरेका थिए । तर, फिरौती रकम नपारएपछि हत्या गरेको जनाइएको छ ।जिल्ला प्रहरी कार्यालय, बाराले घटनामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय सुरेन्द्र कुशवाहा र श्यामसुन्दर बैठा छन् ।उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाइएको छ ।





प्रतिक्रिया