देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दसैँ सुरु भएसँगै दुर्घटना बढ्यो : घटस्थापनादेखि आजसम्म ३४ जनाको मुत्यु

देशान्तर

काठमाण्डौ । दसैँको लागि गाउँ घर जानेको चाप ह्वात्तै बढेको छ । अहिलेसम्म दसैँका लागि भनेर १३ लाख भन्दा धेरै यात्रुले काठमाडौं छोडिसकेका छन् ।
दसैँमा यात्रु र गाडीको चाप बढेसँगै दुर्घटना पनि बढेको छ । पछिल्लो ५ दिन यता गाडी दुर्घटनामा ३४ को मुत्यृ भैसकेको छ ।

प्रहरीको तथ्याङक अनुसार घटस्थापनाका दिनदेखि आज २१३ वटा दुर्घटना भएको छ । यी दुर्घटनामा ३४ जनाको ज्यान गएको छ भने १४५ जना घाइते भएका छन् । यस्तै, ५५ जना गम्भीर घाइते भएका छन् ।

काठमाडौं उपत्यकामा मात्रै १५१ वटा दुर्घटना भएको छ । जसमा ७ जनाको ज्यान गएको छ । यस्तै, धादिङ, इटहरी, कोहलपुर, अत्तरिया, बुटवल, गुल्मी लगायत ठाउँमा भएका दुर्घटनामा २७ जनाले ज्यान गुमाएको प्रहरीको अध्ययनले देखाएको छ ।
सोमबार बिहानमात्रै गुल्मीमा जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । यो तथ्याङकले दसैँ लागेसँगै दुर्घटनाको जोखिम पनि बढेको देखाएको छ । गएको वर्षको दसैँमा घटस्थापनादेखि पूर्णिमासम्म ३८० वटा दुर्घटना भएको थियो । त्यसमा १०४ जनाले ज्यान गुमाएका थिए ।