देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राजदेवी मन्दिरमा नारीलाई प्रवेश निषेध

देशान्तर

काठमाडौँ । प्रदेश नम्बर २ को जनकपरमा रहेको रामदेवी मन्दिरमा आझै पनि नारीलाई प्रबेश निषेध गरिएको छ । हिन्दू धर्ममा नारीलाइ शक्ती स्वरुपको रुपमा पुजा गरिन्छ । देवीको पुजा हुने यो मठमन्दिरहरुमा दशैँ भरी महिलाहरुको प्रवेश निषेध हुन्छ । दशैँमा देवीको पुजा गोप्य हुने भएकाले महिलाको प्रवेशलाई निषेध गरिएको स्थानीयहरु बताउछन । महिलाहरुले निषेध तोड्ने प्रयास गरेपनि सफल हुन सकेको छैन् ।

 

बडा दशैँमा शक्ती पिठहरुमा श्रद्धालुहरुको भीड हुन्छ । कतिपय देवी मन्दिरहरुमा महिला पुरुषहरुसँगसँगै पुजा गर्छन् । तर कतिपय मन्दिरहरुमा दशैमा महिलाहरुको प्रवेश निषेध गरिएको छ । जानकी मन्दिरमा दशैभरी महिलालाई प्रवेश गर्न दिदैन् । मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णव महिलाहरुको प्रवेश रोकिनुको कुनै कारण भएको ज्ञात नभएपनि परम्परागत रुपमा नै प्रवेश निषेध गरिएको बताउँछन् ।

 

दशैंमा महिलाहरुको प्रवेशबारे ठोस कारण र धर्मग्रन्थहरुमा उल्लेख भएको देखिदै । तर,दशैंमा महिलाहरुको प्रवेशलाई केही मन्दिरहरुमा निषेध गरिएको हुन्छ । अत्यन्त चर्चित राजदेवी मन्दिरमा पनि महिलाहरुको प्रवेश निषेध छ । घटस्थापना हुनु केहि बेर पूर्व सम्म महिलाहरु मन्दिर भित्र जान पाएपनि घटस्थापना भईसकेपछि झ्यालमा नै पुजा गर्छन् । एकै राती दशौं हजार बलि प्रदान हुने राजदेवी मन्दिरमा गोप्य पुजा हुने भएकाले महिलाहरुको प्रवेश निषेध गरिएको पुजारीको भनाइछ ।

 

राममन्दिरका महन्थ राम गिरीले राजदेवी मन्दिरमा दशैँभरी गुप्त पुजा हुने भएकाले महिलाहरुको प्रवेश वर्जित गरिएको बताए । महिलाहरुको प्रवेशलाई हाल निषेध गरिएको नभई यो परम्परागत रुपमा चल्दै आएकोले महिलाहरुले पनि स्वयं प्रवेश गर्न नचाहने बताउछन ।

 

उनीहरुको तर्कसंग महिलाहरु सहमत देखिदैन् । अधिकारकर्मी कानून व्यवसायी रेखा झा मन्दिरमा प्रवेश रोक्नु महिलामाथिको चरम विभेद भएको बताउँछिन् । मन्दिरमा महिलाहरुको प्रवेशलाई रोक्नु धार्मिक हिंसा भएको उनको भनाइछ । कानून रुपमा महिलामाथिको सबै प्रकारको हिंसा दण्डनिय अपराध मानिए पनि कतिपय अवस्थामा सामाजिक मान्यताहरुले समेत महिलारुलाई समस्या खडागर्ने गरेको छ ।

 

जनकपुरधाम उप–महानगरपालिकाकी उपमेयर रीता मिश्रपनि परम्पराको नाममा महिलाहरुको प्रवेशलाइ रोक्न नहुने बताउछिन । भूतप्रेत, धामी झाँक्री, बोक्सीको अन्धविश्वास अझै विद्यमान रहेकाले महिलाहरुले राजनीतिक र समाजिक क्षेत्रमा अधिकार पाएपनि धार्मिक क्षेत्रमा अझै कठोर संघर्ष गर्नुपर्ने अवस्था छ ।

 

वर्ष भरी नै महिलाले पुजा गर्ने देवी मन्दिरहरुमा घटस्थापनादेखि महाष्टमी सम्म महिलाहरुको प्रवेश निषेध गरिएको हुन्छ । महाष्टमीपछि फेरी महिलाहरुको प्रवेश खुल्ला हुने गरेको छ । कतिपयले महाष्टमी सम्म देवी मन्दिरहरुमा महिलाहरुको प्रवेशले अनिष्ट निम्तिन सक्ने कुतर्कपनि गर्छन् ।

 

समाजिक क्षेत्रमा कार्यरत मुनी दासले पुरुषहरुको हैकमवादी प्रवृती अझै विद्यमान रहेको कारण नै देवी मन्दिरहरुमा महिलाको प्रवेश रोकिएको बताउछिन् । नारी स्वरुपकै पूजा हुने मन्दिरमा नारीकै प्रवेश निषेध हुनुको कुनै तर्क र कारण नभएको उनको भनाइछ ।

 

महिलाहरुमाथि हुने सबै प्रकारको विभेद अन्त्य गर्ने कानुन बनेपनि मठमन्दिरहरुमा त्यो अझै विद्यमान छ । राजनीतिक र समाजिक क्षेत्रमा अगाडी आउन घुम्टो हटाएका महिलाहरु धार्मिक अन्धविश्वास र थिचोमिचो हटाउन सशक्त रुपमा अगाडी बढनु पर्ने महिला अधिकार कर्महरुको माग रहेको छ ।