देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सुडानमा नेपाली सुरक्षाकर्मी जोखिममा

देशान्तर

काठमाडौं । दक्षिण सुडानमा एक्कासि हिंसा मच्चिँदा त्यहाँ कार्यरत नेपाली सुरक्षाकर्मी जोखिममा परेका छन्। झडपमा सशस्त्र प्रहरीका तीन कर्मचारी घाइते भइसकेका छन्। सुडानमा करिब दुई हजार नेपाली छन्।  एक हजार नौ सय नेपाली सुरक्षाकर्मी राष्ट्रसंघअन्तर्गत शान्ति स्थापनाका लागि खटिएका छन्।

सुरक्षाकर्मीबाहेक अरू करिब एक सय नेपाली दक्षिण सुडानमा कार्यरत छन्।  सुडानमा नेपाली सेनाका एक हजार ५ सय ९०, सशस्त्रका करिब तीन सय र नेपाल प्रहरीका करिब २० प्रहरी अधिकृत कार्यरत छन्।

राष्ट्रसंघअन्तर्गत विभिन्न निकायमा सिभिलियन पनि कार्यरत छन्। हिंसा मच्चिएपछि शान्ति सेनामा खटिएका सुरक्षा अधिकारी क्याम्पबाहिर निस्किएका छैनन्। केही दिनसम्म उनीहरू बंकरभित्र बसेका थिए। नयाँ पत्रिका दैनिकमा समाचार छ। 
 

]]>