काठमाडौँ । माथिको तस्वीरले दशै दुःखीका लागि दशा र देश माराका लागि महादुर्दशाको संकेत गरेको छ । दुइतिहाइको दम्भ तर, अत्यावस्यक तेल,दाल,नुन,निचि,पानी र दैनिक भाडामा मन्त्रीहरुको लुट । नेपालीको महान् पर्व बडादशैंको माहोल चलिरहेकै बेला हुम्लाबासी एक युवतीले यो शन्देश प्रधानमान्त्रप्लाई पठाएकी छन ।
उनी को हुन समाचार प्रसारण गर्दा सम्म थाहा छैन । तर, उनमा पनि दशैंको चटारो छ । किनकी यो नेपाल हो र आम नेपालीको महान पर्व वडा दशैँ हा । हो यतिबेला हुम्लाका बासिन्दाले दशैँलाई भन्दा पनि कामलाई बढी महत्व दिने गरेका छन् ।
दशैंका बेला गाउँघरमा किसानलाई कात्तिके कामले छोएको छ । यति बेला दशैँसँगै कात्तिके बालीनाली भित्र्याउने समय पनि भएकाले दशैँलाई ओझेलमा पारेको चङ्खेली गाउँपालिकामा ।
हिमाली जिल्ला हुम्लामा एक बाली मात्र खेती हुने र छ महीनाको खेतीपातीले अर्को छ महीनासम्म पु¥याउनु पर्ने भएकाले यतिखेर यहाँका खेतीपातीमा लगाइएको कोदो, मकै, फापर, आलुजस्ता अन्न भित्र्याउन स्थानीयवासी व्यस्त छन् । कृषक बिहान ४ बजे उठेर खेतबारीको तुलफल टिप्ने र राति ८÷९ बजे घर फिर्ता हुने गरेको भनाइलाई तस्वीर बाहेक सम्बोधन गर्ने परिचयनै छैन ।
वर्षमा एकचोटी आउने चाडमा पनि वैशाख, जेठमा लगाएका बालीनाली समयमै घर नभित्र्याउँदा बारीमै कुहिने चिन्ताले पनि हुम्लाकाम किसानले दशैँभन्दा महत्व कात्तिकको कामलाई दिने गरेको छन ।
यति बेला पाकेका फलफूल समयमै घर नभित्र्याए चरा– चुरुङ्गीले खाने र पाकेको फल झरेर खेर जाने भएकाले पनि यहाँका कृषक व्यस्त भएका हुन् । त्याँका उत्पादनले बजार मात्रै पाउने हो भने धरै ठूलो परिवर्तन आउछ आर्थिका विकासमा । तर, हुम्लाका जनता पियनदेखि प्रधानमन्त्री कार्यलय सम्मको भ्रष्टाचारको सिकार भएका छन । र आज प्रधानमन्त्रीले दशैको शुभकामना दिइरहँदा हुम्लाका जनाताले दशमीकै दिन आधापेट पनि खान पाएका छैन् ।





प्रतिक्रिया