देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कपिलवस्तु कर्फ्यु ६ घणटा स्थगित

देशान्तर

काठमाडौँ । कपिलवस्तुको सीमा बजार कृष्णनगरमा मंगलबार बिहान ६ बजेदेखि दिउँसो १२ बजे सम्मकालागि कर्फ्यु हटाइएको छ । जनजीवन सहज बन्दै गएकाले ६ घण्टा कर्फ्यु हटाइएको जिल्ला प्रहरीका डिएसपी रवि रावलले बताए ।
दुर्गा मूर्तिलाई बजार परिक्रमा गराउने क्रममा शुक्रबार साँझ उक्त झाँकी माथि ढुंगा हानिएपछि विवाद हुँदा ३ दिनदेखि कृष्णनगर तनावग्रस्त बनेको थियो ।
त्यसपछि आइतबार साँझ ५ बजेबाट अनिश्चितकालिन कर्फ्यु लगाइएको थियो । सोमबार बिहान ८ देखि साँझ ५ बजेसम्म कर्फ्यु हटाइएको थियो ।

त्यसपछि रातको समयमा सुरक्षा संवेदनशिलतालाई मध्यनजर गरी सोमवार साँझ ५ बजेदेखि पुनस् अनिश्चितकालिन कर्फ्यु लगाइएको थियो ।

सुरक्षास्थिति सुधार भई अवस्था सामान्य बन्दै गएपछि केही समयमालागि कर्फ्यु हटाइएको प्रजिअ अर्जुनप्रसाद पोखरेलले बताए । १२ बजेपछि अवस्था हेरेर कर्फ्युलाई निरन्तरता दिने नदिनेबारे निर्णय लिइने उनले बताए ।