देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

वैदेशिक रोजगार विभागका २७ कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर

देशान्तर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका २५ जना कर्मचारीसहित २७ जनाविरुद्ध बिशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

नक्कली कागजात बनाएर बिना भिसा कुवेतको श्रम स्वीकृति दिएको अभियोगमा अख्तियारले विभागको काठमाडौं कार्यालयका २५ जना कर्मचारी र २ जना विचौलियाविरुद्ध शुक्रबार भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनीहरुले रोजगारीका लागि कुवेत जान चाहने १८४ जना महिलालाई भिसाविनै श्रम स्वीकृति दिएको पाइएको अख्तियारका प्रवक्ता मदन कोइरालाले जानकारी दिए । उनका अनुसार २५ अगष्ट २०१७ देखि २५ अक्टोबर २०१७ सम्म श्रम स्वीकृति प्रदान गरिएकामध्ये १८४ महिलालाई नियम उल्लघंन गरी गलत लगत बनाएको पाइएको छ ।