देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रिय निकुञ्ज अवलोकन गर्न पुग्ने पर्यटकको संख्यामा वृद्धि

देशान्तर

चितवन । चितवन राष्ट्रिय निकुञ्ज अवलोकन गर्न पुग्ने पर्यटकको संख्यामा वृद्धि भएको छ । भदौको तुलनामा असोजमा पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको हो । चालू आर्थिक वर्षको असोज महिनामा मात्रै १२ हजार ७ सय ९६ जना पर्यटकले चितवन निकुञ्जको भ्रमण गरेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए ।

तीमध्ये १० हजार २४ जना विदेशी, १ हजार ३ सय ९९ सार्क मुलुक र १ हजार ३ सय ७६ जना नेपाली नागरिक रहेका छन् । भदौमा ७ हजार ३ सय ६३ जना र साउनमा ८ हजार ३ सय ९४ जनाले चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका थिए ।

चितवन राष्ट्रिय निकुञ्जमा आव २०७५/७६ को सुरुवाती तीन महिनामा २८ हजार ५ सय ५३ जना पर्यटकले अवलोकन गरेको निकुञ्ज कार्यालयले जनाएको छ । चितवनको पर्यटकीय नगरी सौराहाबाट सबैभन्दा बढी पर्यटक निकुञ्ज अवलोकन गर्न पुगेका थिए ।

सौराहा प्रवेशद्वारबाट ३ महिनामा २० हजार ६ सय ९१ जना विदेशी पर्यटकले निकुञ्जको अवलोकन गरेका छन् ।