देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सर्लाहीमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, एक जनाको मृत्यु, ७ घाईते

देशान्तर

सर्लाही । सर्लाहीको रामनगर गाउँपालिका–४ मा मंगलबार विहान नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । सात जना घाइते भएका छन् । सोमबार विहान सोही वडाका वडाध्यक्ष रामनरेश महतोमाथि भएको कुटपिटको विषयलाई लिएर मंगलबार झडप भएको बुझिएको छ ।

बिहान ७ वजे दुई सयको संख्यामा आएका नेकपाका कार्यकर्ताहरुले आएर कुटपिट तथा गोली चलाउँदा वडाध्यक्ष महतोका काका ५५ बर्षीय राम बिलास महतोको मुख र पेटमा गोली लागि घटना स्थलमै मृत्यु सर्लाही क्षेत्र नम्वर ४ प्रदेश ‘क’ का सांसद बिरेन्द्र सिंहले जानकारी दिएका छन् ।

घाइते हुनेहरुमा सोही वडाका महदेव राय, बिबेक महतो, प्रमोद सहनी, भोजेन्द्र महतो, श्रीनारायण महतो, प्रेम नारायण महतो, मुकेश प्रसाद महतोलाई गोलीको छरा लागि घाइते भएका स्थानीय प्रेम सिंहले जानकारी दिए । घाइते लिन गएको एम्बुलेन्स माथी समेत तोडफोड एम्बुलेन्स तोडफोड भएपछि घाइतेहरुलार्इ उपचारमा लैजान समस्या परेको प्रदेश सांसद सिंहले जानकारी दिए । झडपका क्रममा १० वटा घरमा पनि समेत तोडफोड भएको छ ।

सोमबार बिहान सोही वडाका वडाध्यक्ष रामनरेश महतोलाइ नेकपाका कार्यकर्ताले कुटपिट गर्दा घुँडा भाचिएको र टाउकोमा गम्भीर चोट लागेर घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालयले भने आफूहरुले घटनावारे बुझिरहेको प्रहरी नायब उपरिक्षक (डिएसपी) पुरुषोत्तम पाण्डेले जानकारी दिए ।

प्रहरीले आरोपीहरुलाई पक्राउ नगरी संरक्षण गरेको स्थानीयको आरोप छ । घटना स्थलमा प्रहरीहरुलाई खटाइ घटना बारे बुझ्न प्रहरी उपरिक्षक (एसपी),लाई पठाइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले बताए । नेकपाका कर्यकर्ताहरुले वडाध्यक्ष महतोको घरमा समेत तोडफोड गरेका छन् ।