देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री ओलीको शनिबार डिस्चार्ज हुने

देशान्तर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुध्रँदै गएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

खोकी बढ्दै गएपछि र शरीरमा सुगरको मात्रा कन्ट्रोल नभएपछि मनमोहन कार्डियोथोरासिक एवम् भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा तीन दिनअघि भर्ना भएका प्रधानमन्त्री ओली शनिबारसम्ममा डिस्चार्ज हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री ओलीले स्वास्थ्य अवस्था ठीक हुँदै गएपछि बुधबारबाट अस्पतालको शैय्याबाटै काम थालेका थिए ।

अघिल्लो दिनको भन्दा स्वास्थ्य स्थिति सन्तोषजनक रहेको र बिहीबार बिहान गरिएको परीक्षणको रिपोर्ट सामान्य रहेको अस्पतालका कार्यकारी निर्देशक उत्तमकृष्ण श्रेष्ठले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रधानमन्त्री ओलीको उपचारमा प्राडा अरूण सायमीको नेतृत्वमा उनका निजी चिकित्सक प्राडा दिव्यासिंह शाह र शान्तकुमार दास सम्मिलित छन् ।