देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

देउवालाई सहमतिय सरकारको नेतृत्व गर्न ओलीको प्रस्ताव

देशान्तर

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेको अध्यक्ष केपी ओलीले प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादर देउवालाई राष्ट्रिय सहमतिको सरकारको नेतृत्वका लागि समर्थन गर्न सकिने बताएका छन् ।

एमाले उच्च स्रोतका अनुसार देउवासँग ओलीले बुधबार फोन संबादमा भनेका छन् ,‘देउवाजी तपाईलाई समर्थन गर्न सक्छु ।’  देउवाले भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई समर्थन गर्ने बचन दिइसकेकाले अहिलेलाई केही गर्न नसक्ने उत्तर दिएको छ । स्रोतका अनुसार देउवाले ओलीले मंगलबार रातिसम्म त्यस्तो प्रस्ताव राख्नुपथ्र्यो, अब ढिलो भयो भनेका थिए ।

एमाले नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेब गौतम लगायतका नेताले देउवालाई राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्न आग्रह गर्न प्रस्ताव गर्न आग्रह गरेका थिए । र, ओलीले प्रस्ताव पनि गरे । तर देउवाले ढिला भएकोले मान्न नसक्ने प्रतिक्रिया दिए । अन्नपूर्ण पोस्टले समाचार छ ।

]]>