काठमाडौँ । सोमबारदेखि फूलैफूलको पर्व तिहार सुरू भएको छ । यसपाला दसैं तिहार अलिक ढिला भएकाले घर–घरमा ढकमक्क फूलेको सयपत्री र मखमलीले तिहारको निम्तो दसैमै दिएका थिए ।
तिहारमा घर सजाउन होस् वा काग, कुकुर, गाई र दाजु–भाइ पूजा गर्न, सयपत्री–मखमली फूल नै प्रिय मानिन्छन् । काग तिहारमा कागलाई खाना खुवाउन, भोलिपल्ट कुकुर पूजा, पर्सिपल्ट गाई हुँदै गोवद्र्धन पूजा र भाइटीकामा सयपत्री र मखमली प्रयोग हुन्छ ।
आधा दशकअघिसम्म गाउँ–गाउँमा सयपत्री ढकमक्क हुन्थ्यो। त्यसयता सयपत्री यतिसम्म मासिएको थियो कि, तिहारमासमेत भारतीय गाउँहरूबाट फूल ल्याएर प्रयोग गर्नुपर्ने बाध्यता छ । तर राजधानी आसपासकै केही स्थानमा व्यवसायीक फूल खेती गर्दै राजधानीबासीको मागलाई केही हदसम्म राहत दिएका छन् ।
काठमाडौंको इचुंगुका स्थानीयले सयपत्री र मखमली फूलको व्यावसायिक खेती गरेका छन् । फूल बेचेरै तिहारको सिजनमा लाख रुपैयाँसम्म कमाउने किसानहरु बताउँछन ।





प्रतिक्रिया