देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

डोल्पामा जिप दुर्घटना, १० जनाको मृत्यु ,२ जनाको जिवितै उद्दार

देशान्तर

काठमाण्डौ । डोल्पाको ठूलीभेरी नगरपालिका ९ मा जिप दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ ।
दुर्घटनामा अन्य २ जनाको जिवितै उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यलय डोल्पाका अनुसार डोल्पाको दुनैबाट सुपानी जाँदै गरेको भे १ ज १६१० नम्बरको जिप डोल्पाको ठूलीभेरी–९ मा दुर्घटनामा परेको थियो ।

जिप कालागौँडादेखि ६०० मिटर अगाडि दुर्घटनामा परेको थियो । मृतकमध्ये ७ जना पुरुष र ३ जना महिला रहेको बताइएको छ । बसमा १२ जना रहेको गाडी धनीलाई उदेघृत गर्दै प्रहरीले जनाएको छ ।