देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

डोल्पा दुर्घटना प्रति देउवाद्वारा दुःख व्यक्त

देशान्तर

काठमाडौं । डोल्पाको सदरमुकाम दुनैबाट जुफालतर्फ जाँदै गरेको भे १ च १६१० नम्बरको जीप सोमबार ठूलीभेरी नगरपालिका वडा नं. ९ कालागौडाबाट भेरी नदीमा खस्दा १० जनाको मृत्यु भएको घटनाप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।

सभापति देउवाले मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

दुर्घटनामा पुरुष ६ जना, २ महिला र २ बालबालिकाको मृत्यु भएको छ । उनीहरुको पहिचान भने खुलिसकेको छैन । २ जना सख्त घाइते छन्। उपचारका लागि चिकित्सकको टोली नै घटनास्थल पुगेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण भने खुल्न बाँकी छ ।