देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

फाल्गुनन्दको १३४ औं जन्मजयन्ती मनाइँदै

देशान्तर

काठमाडौं । किराँत धर्मका महागुरु एवं राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १३४ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरि मनाइँदैछ ।

जन्मजयन्तीकै अवसरमा प्रदेश १ का केही स्थानीय तहले आज सार्वजनिक बिदासमेत दिएका छन् । पूर्वी पहाडी जिल्लाहरुमा आज विभिन्न कार्यक्रम आयोजना गरिँदैछ । पाँचथरमा फाल्गुनन्दको अहिलेसम्मकै ठूलो प्रतिमा अनावरण गरिँदैछ ।

यसैबीच प्रधानमन्त्री केपी ओलीले समाज सुधारका लागि राष्ट्रिय विभूति फाल्गुनन्दको अभियान अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन् ।

फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सामाजिक विकृति, विसंगति हटाउन उनले चलाएको अभियान आज पनि उत्तिकै सान्दर्भिक रहेको बताएका हुन् ।

किरात धर्मगुरु फाल्गुनन्दले १९८८ साल वैशाख २४ गते पाँचथरको लोब्रेकुटीबाट समाज सुधारका सातबुँदे घोषणापत्र जारी गरेका थिए । सरकारले उनलाई २०६६ सालमा राष्ट्रिय विभूति घोषणा गरेको थियो ।