काठमाडौं । बलात्कारपश्चात हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीय निर्मला पन्तको न्यायका लागि धर्ना बसेका निर्मलाका आमाबुबा बिरामी परेका छन् ।
पाँच दिन अघिदेखि हत्यारा पत्ता लगाउन माग गर्दै २४ घण्टे धर्नामा बसेका निर्मलाका बुबा यज्ञराज पन्त र आमा दुर्गा पन्तको स्वास्थ्य नाजुक बन्दै गएको हो । कात्तिक २५ गतेदेखि धर्नामा बसेका यज्ञराजलाई ज्वरो आउनुका साथै रुघा खोकी लागेको र हातखुट्टा दुख्ने समस्या देखा परेको छ ।
निर्मलाकी आमा दुर्गालाई समेत ज्वरो आएको र रक्तचाप घटेको छ ।
शंकास्पद चार जनाको डीएनए म्याच भएन
निर्मला हत्या प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले संकलन गरेको शंकास्पद चार जनाको डीएनए म्याच नभएको कञ्चनपुर प्रहरीले जनाएको छ । कात्तिकको दोस्रो साता कञ्चनपुर प्रहरीले शंकास्पद चारजनाको रगत संकलन गरि विधिविज्ञान प्रयोगशाला पठाएको थियो ।
आज जिल्ला सरकारी वकिलको कार्यालयमा डीएनएको गोप्य रिपोर्ट खोलिएको र त्यो म्याच नभएको कञ्चनपुर प्रहरीका डीएसपी कृष्णराज ओझा देशान्तरलाई बताए ।





प्रतिक्रिया