देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

धनगढीमा एक युवकको हत्या, रक्ताम्य शव घिसार्दै गर्दा पक्राउ

देशान्तर

धनगढी । सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा शुक्रबार एक युवकको हत्या भएको छ । धनगढी उप–महानगरपालिका वडा नम्वर ४ स्थीत प्रदेश प्रमुखको कार्यालय नजिकै रहेको कलश होटल नजिकै युवकको हत्या भएको हो ।

धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धामका २५ बर्षिय विजय थापाको हत्या भएको वडा प्रहरी कार्यालय धनगढीमा प्रमुख प्रहरी निरीक्षक वकिल बहादुर सिंहले जानकारी दिए । शुक्रवार राती करीब १० बजे तिर थापाको हत्या भएको प्रहरी निरीक्षक सिंहको भनाई छ ।

रक्ताम्य युवकलाई घिसार्दै लगिरहेका बेला धनगढी उप–महानगरपालिका वडा नम्वर ४ कै आशिष सेटी र घटना स्थलमा भेटिएका सोही ठाउँका दीपेन्द्र चौधरीलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । शव पोष्टमार्टमका लागि सेती अञ्चल अस्पताल धनगढीमा राखिएको छ ।

घटनास्थललाई घेरिएको तर राती भएकाले मुचुल्का उठाउन बाँकी रहेकाले अहिले विहान मुचुल्का उठाउनले प्रहरीले जनाएको छ ।