देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

थ्री स्टारविरुद्ध मनाङको २–० को अग्रता

देशान्तर

काठमाडौँ । पल्सर ए डिभिजन लिगमा थ्री स्टारविरुद्ध मनाङ मर्स्याङ्दी क्लबले अग्रता लिएको छ। एन्फा मैदान सातदोबाटोमा जारी खेलमा मनाङका लागि अञ्जन बिष्टले एक गोल गरे। अर्को एक गोल उपहार पायो।

लिगअन्तरगत आजबाट तेश्रो चरणका खेल सुरु भएका हुन्। यसअघिका दुवै खेलमा मनाङ र थ्री स्टार विजयी भएका थिए। समान ६ अंक भएपनि गोलअन्तरका आधारमा थ्री स्टार शीर्षस्थानमा छ।

आजको खेल जिते मनाङ तालिकाको शीर्षस्थानमा उक्लिने छ। अहिले पहिलो हाफको खेल चलिरहेको छ।