देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आफ्ना प्रतिस्पर्धीलाई शृंखला सिकाउँछिन् ‘नमस्ते नेपाल !’

देशान्तर

काठमाडौं । ‘नमस्ते नेपाल ! सन्चै हुनुहुन्छ ? ’ मिस वर्ल्ड २०१८ का लागि चीनको सान्यामा भेला भएका एक सय २१ देशका युवती नेपाललाई यसरी सम्बोधन गर्न थालेका छन्।

प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सान्या पुगेकी मिस नेपाल शृंखला खतिवडाले उनीहरूलाई नेपाली भाषा सिकाए पछि उनीहरूले यस्तो सम्बोधन गरेका हुन्। भोटिङमा अग्रपंक्तिमा रहेकी शृंखलाले आफ्ना प्रतिस्पर्धीलाई नेपाली बोल्न सिकाइरहेकी छन्।