देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आगलागीमा परेर झापामा एकै परिवारका चारजनाको मृत्यु

देशान्तर

झापा । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर–७ लालझोड़ामा आगलागीमा परेर एकै परिवारका चार जनाको मृत्यु भएको छ । सम्पूर्ण परिवार सुतिरहेको बेला गएराती घरमा एक्कासी आगो लागेपछि  लक्ष्मण खनालसहित उनका परिवारका चार जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ३६ बर्षीय लक्ष्मण खनाल, ३० बर्षीया राधिका खनाल, ४ बर्षीया सुप्रिया खनाल तथा ३ महिनाका टीकाराम खनाल रहेका छन्  । राती ९ बजेको समयमा उक्त आगलागी भएको हो ।

भानु माध्यमिक बिद्यालयबाट २० मिटर नजिक रहेको खनाल परिवारका सम्पूर्ण सदस्यको सुतिरहेको अवस्थामा आगलागी भएको इलाका प्रहरी कार्यालय झिल्झिलेले जानकारी दिएको छ्र । आगलागी के कारणले भएको हो भन्ने बारे प्रहरीले अनुसन्धान भैरहेको जानकारी दिएको छ ।