देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

देलेख जिप दुर्घटना हुँदा मुत्यु हुनेको संख्या ६ पुग्यो

देशान्तर

काठमाण्डौ । दैलेखमा बुधबार जीप दुर्घटनामा मृत्यु हुनेको संख्या छ पुगेको छ।सुर्खेतबाट दैलेखको ठाँटिकाँध गाउँपालिकाको वहाँकोटतर्फ जाँदै गरेको भे १ च २२०७ नम्बरको बोलेरो जीप बुधबार बिहान ठाँटिकाँध गाउँपालिका( ३ को धामीगाउँ नजिक दुर्घटनामा परेको हो। दुर्घनामा २ जना घाइते छन्।

मृत्यु हुनेमा ठाटीकाध गाउँपालिका १ का ३० वर्षीया निर्मल बम, ३ का ४० वर्षीय राजेन्द्र बहादुर शाही, ४ की रत्ना शाही, चालक रमेश शाही, वडा न‌‌ं ३ का २६ वर्षीय दिलिप शाही र सोही गाउँपालिका वडा न‌ं।१ का समशेर पुन रहेको दैलेख प्रहरीले जनाएको छ।क्षेत्रीका अनुसार घाइते २ जनाको दुल्लु अस्पतालमा उपचार भइरहेको छ। घाइतेको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।

जिप सडकदेखि करीब ५० मिटर तल खसेको थियो। वडा नं। ३ का वडाअध्यक्ष कर्णबहादुर शाही लगाएतको टोली घटना पुगिसकेको छ। ठाँटिकाँध प्रहरी चौकीको प्रहरी टोली र गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीलगायतको टोली घटनास्थलतर्फ जाँदै गरेको बताइएको छ । हालसम्म दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।