देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

माथिल्लो मर्स्याङ्दी बेचिएको विषयमा अध्ययन गर्न अर्थको उपसमिति

देशान्तर

काठमाडौं । संसदको अर्थसमितिले माथिल्लो मर्स्याङ्दी २ जलविद्युत आयोजनाको विषयमा अध्ययन गर्नको उपसमिति गठन गरेको छ।

भारतीय निर्माण कम्पनी जिएमआरले निर्माणको जिम्मा लिएको उक्त आयोजना चिनियाँ कम्पनीलाई बेचेको भन्ने विषयमा अध्ययन गर्नको लाग उपसमिति गठन गरिएको हो। सांसद घनश्याम भुसालको संयोजकत्वमा गठन गरिएको उपसमितिमा रामकुमारी झाँक्री, रामकुम यादवलगायत पाँचजना सदस्य छन्।

समितिले जिएमआरले चिनियाँ कम्पनीलाई दिए वा नदिएको, दिदाँ कुन आधारमा दिएको लगातका विषयमा अध्ययनको लागि १५ दिनको समय दिएको छ। एउटाले निर्माण जिम्मा लिएर अर्को देशको कम्पनीलाई दिदा पर्ने प्रभाव र यस्ता कम्पनीलाई आबश्यक कारबाही गर्नको लागि समेत उपसमितिको कार्यक्षेत्र तोकिएको छ। त्यस्तै जलविद्युत आयोजना बिकासमा भएको ढिलाई र विकासको लागि गर्नु पर्ने कामको विषयमा समेत जिम्मेवारी दिइएको छ।