देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

निर्मला पन्तलाई न्याय दे भन्दै माइतीघरमा प्रदर्शन, पाँच पक्राउ

देशान्तर

काठमाडौं । बिहीबार माइतीघर मण्डलामा निर्मला पन्तलाई न्याय देु भन्दै प्रदर्शन भएको छ। पाँच प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा राजु सुनार, मञ्जु पुडासैनी, लक्ष्मी दाहाल, मनिका खतिवडा र रघु कार्की छन्।

उनीहरूले उपत्यकाका यातायातमा लागू गरिएको जोर बिजोर प्रणालीको पनि विरोध गरेका थिए। काठमाडौंमा १४ मंसिरदेखि १७ गतेसम्म एसिया प्यासिफिक सम्मेलन हुन गइरहेको छ। यो सम्मेलनको अवधिभर सरकारले सवारी व्यवस्थापनको सजिलोका लागि भन्दै जोर बिजोर प्रणाली पनि लागू गरिसकेको छ। उपत्यकामा सबैखाले विरोधका कार्यक्रममा पनि रोक लगाएको छ।