देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जोरबिजोर प्रणाली हटाइयो

देशान्तर

काठमाडौँ । गैरसरकारी संस्था युनिभर्सल पिस फेडरेसनले आयोजना गर्ने कार्यक्रमका सहभागीलाई आउजाउ सहज गराउन सरकारले उपत्यकामा ४ दिनका लागु गरेको जोरबिजोर प्रणालीको तिव्र विरोध भएपछि शुक्रबार ११:३० बजेबाट हटाउने निर्णय गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले सामाजिक सञ्जालमार्फत जोरविजोर प्रणााली हटाइएको जानकारी दिएको छ ।

युनिभर्सल पिस फेडरेसनले मंसिर १४ देखि १७ सम्म गर्न लागेको ‘एसिया प्यासिफिक समिट’ का लागि गृह मन्त्रालयको निर्देशनमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले जोरबिजोर नम्बरका आधारमा सवारी साधन चलाउन दिने निर्णय गरेको थियो ।

मंसिर १३ र १५ गते बिजोर तथा १४ र १६ गते जोर नम्बरका गाडी मात्रै चल्न दिइने बताइएको थियो ।