देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कंगोमा फैलिएको “इबोला” महामारी इतिहासकै दोस्रो भयानक

देशान्तर

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोलाको महामारी अहिलेसम्मकै दोस्रो ठूलो रहेको संयुक्त राष्ट्रसंघीय स्वास्थ्य निकाय विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

अहिले कंगोमा फैलिएको इबोला महामारी अहिलेसम्मकै दोस्रो भयानक रहेको र रोकथामका लागि थप प्रयासको खाँचो रहेको डब्लुएचओले उल्लेख गरेको छ ।

इबोलाको महामारीले ग्रस्त कंगोको बेनी शहरमा मात्रै अहिलेसम्म ४२६ जनामा इबोला भाइरसको संक्रमण रहेको देखिएको छ । यसको अर्थत युगाण्डामा सन् २००० मा फैलिएको इबोलाको महामारी भन्दा अहिले कंगोमा फैलिएको महामारी भयानक बनेको छ ।

बेनी प्रजातान्त्रिक गणतन्त्रको द्वन्द्वग्रस्त क्षेत्रको मध्य क्षेत्रमा पर्छ र महामारीविरुद्धको अभियान बिद्रोहीको आक्रमणका कारण प्रभावित भएको छ ।

अहिलेको महामारीका कारण झण्डै २०० जनाको मृत्यु भैसकेको छ । यसअघि सन् २०१३ देखि २०१६ को बिचमा पश्चिम अफ्रिकी देशमा फैलिएको इबोला महामारीका कारण ११ हजार ३१० जनाको मृत्यु भएको थियो गएको जुलाईदेखि देशको पूर्व क्षेत्रमा सुरु भएको महामारी अहिलेसम्म जारी छ ।