देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

‘निर्मलाको हत्यारालाई फाँसी दे’ भन्दै सुरुभयो महेन्द्रनगरबाट आन्दोलनको आँधीबेहेरी

देशान्तर

महेन्द्रनगर– निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दै कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा प्रदर्शन गरिएको छ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा आइतवार महेन्द्रनगरमा -यालीसहित प्रदर्शन गरिएको हो।

-यालीमा विद्यार्थीदेखि कम्युनिस्ट पार्टीका नेतासम्मको सहभागिता रहेको थियो। -यालीपछि कोणसभा आयोजना भइरहेको छ। सभालाई उच्च नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

-यालीका क्रममा सहभागीले ‘निर्मलालाई न्याय दे, हत्यारालाई फाँसी दे, नेकपाको सरकार मुर्दावाद’ जस्ता नारा लगाएका थिए।

साउन १० गते साथीको घर गएकी निर्मलाको ११ गते उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो। उनका हत्यारा अझै पत्ता लाग्न सकेको छैन्। सरकारले विभिन्न समिति गठन गरी घटनाकाे अनुसन्धान गरिरहेकाे छ।