देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कानुन मिच्नेलाई कारवाही गर्न महानिरीक्षक खनालको निर्देशन

देशान्तर

काठमाडौँ । प्रहरी कानुन कार्यान्वयन गर्ने एउटा सदस्य भएकोले कानुन मिच्नेलाई निमिट्यान्न पार्न प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले प्रहरीहरुलाई निर्देशन दिएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङको गजुरीमा नवनिर्मित सुविधा सम्पन्न भवनको आइतबार उद्घाटन गर्दै खनालले सुन्दर भवन जस्तै सुन्दर काम गरेर नागरिकको अगाडि सम्मानित हुन प्रहरीलाई आग्रह गरे ।

विगतमा प्रहरीबाट गल्ती कमजोरीहरु भएका भए पनि अबका दिनमा कुनै गल्ती वा कमजोरी भए कुनै प्रहरीलाई छुट नदिने खनालको भनाई थियो । प्रहरी महानिरीक्षक खनालले धादिङमा गुण्डा र अपराधीहरु सलबलाएको सुनेकोले उनीहरुलाई कसुर अनुसार कारबाही गरी जिल्लालाई शान्ति सुरक्षा कायम गर्न निर्देश दिए ।

महिलामाथी हुने हिंसा, भ्रष्टाचार, मानवबेचबिखनलगायतका विषयमा शून्य सहनशिलता कायम गर्न पनि उहाँले अनुरोध गर्नुभयो । खानालले धादिङमा २० वर्षअघि प्रहरी निरीक्षक भएर काम गर्दा रकम लिएर आउनेहरुसँग आफूले काम गरेको स्मरण गराए ।

धादिङमा १ करोड ६६ लाख २१ हजार रुपैयाँको लागतमा दुई तले भवन निर्माण भएको थियो । आइतबारबाट यो भवन सञ्चालनमा आएको छ ।