देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गुण्डागर्दी नियन्त्रण गर्नुसः महानिरीक्षक खनाल

देशान्तर

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पर्यटकीय क्षेत्रमा हुने गुण्डागर्दी लगायतका अवान्छित क्रियाकलापमा रोक लगाउन चितवन प्रहरीलाई कडा निर्देशन दिएका छन् ।

सोमबार चितवनको पर्यटकीय क्षेत्र सौराहामा आयोजित ‘चितवनको पर्यटनमा प्रहरीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै आईजीपी खनालले यस्तो निर्देशन दिएका हुन् ।

‘पर्यटक आन्तरिक हुन् या बाह्य, उनीहरु शान्तपूर्वक बस्न चाहन्छ भन्दै खनालले शान्तिपूर्वक घुम्ने वातावरण निर्माण गर्नका लागी पर्यटकिय क्षेत्रमा गुण्डागर्दी गर्ने, लफङ्गा र जथाभावी मोटरसाईकल चलाउने अवान्छित गतिविधि नियन्त्रण गर्नेतर्फ सम्पूर्ण प्रहरीलाई सजग हुन निर्देशन दिए ।

क्षेत्रीय होटल संघ चितवनले आयोजना गरेको कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले शहर गतिशील हुनुपर्ने तर गतिशीलताको नाममा असभ्यता र अश्लिलता स्वीकार्य नहुने बताए ।

उनले पर्यटकीय शहरमा अरुलाई झुक्याउने क्रियाकलाप हुन नहुने भन्दै अब सुरक्षा र विकासको चाहनालाई सँगसँगै लानुपर्ने आवश्यकता औल्याए । चितवनको सौहारा आउँदा त्यहाँका ब्यवसायी र सुरक्षाकर्मीले देखाउने ब्यवहारले यस क्षेत्र र समुच्च मुलुकको परिचय दिने खनालले बताए ।

नेपाल सकारको ‘भिजिट नेपाल २०२०’ अभियान अन्तर्गत चितवनमा २० लाख पर्यटन ल्याउने लक्ष्य राखिएको छ । सौराहामा आउने पर्यटकको सुरक्षा थप मजबुत बनाउन नेपाल प्रहरीले रामनगर टाँडी प्रहरीलाई ७ वटा मोटरसाइकल, १० वटा रेडियो सेट र १ थान बेस सेट उपलब्ध गराएको छ ।

प्रहरी प्रधान कार्यालयबाट उपलब्ध गराइएको सो सामग्री प्रहरी प्रमुख खनालले स्थानीय प्रहरीलाई हस्तान्तरण गरे ।