देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ठगी गर्ने पेट्रोल पम्पलाई कैद र जरिवना

देशान्तर

काठमाडौँ, नेपाल गुणस्तर तथा नापतौल विभागले पेट्रोलियम पदार्थमा ठगी गर्ने पेट्रोल पम्पलाई कारवाही गरेको छ । विभागले १० लिटर पेट्रोलियम पदार्थ बिक्री वितरण गर्दा ४०० मिलिलिटरसम्म ठगी गरेको भन्दै विजय आयल स्टोर कलैयालाई आज कारवाही गरेको हो ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले सफ्वयरका माध्यामबाट व्यापक ठगी गरेकाले कारवाही गरेको बताउनुभयो । “कानून प्रक्रिया पूरा गरी तीन महीना कैद सजाय र रु १० हजार जरिवाना गरेका छौँ”, उहाँले भन्नुभयो ।

पछिल्लो समय सफ्टवयर प्रविधिको प्रयोग गरी ठगी गर्नेक्रम बढेपछि विभागले यस्ता पेट्रोल पम्पमाथि विशेष निगरानी शुरु गरेको छ । विभागले एक महीना अगाडि मात्र यसरी ठग्ने १२ पेट्रोल पम्पलाई कारवाही गरेको थियो ।