देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एकसय ४ वटा कानुन संविधान विपरित

देशान्तर

काठमाडौं । तीनसय ३९ वटा कानुनमध्ये एकसय ४ वटा कानुन संविधानसँग बाझिएका छन् । बाझिएका मध्ये ३५ वटा पूरै नयाँ बनाउनुपर्ने भएको छ ।

एकसय ३९ वटा कानुन परिमार्जन गरेपनि एकसय ६५ वटा कानूनमा कुनै परिमार्जन गर्नु नपर्ने मन्त्रालयले जनाएको हो । यसअघि संसदबाट पारित भएका र हाल विचाराधिन कानूनले नयाँ नै बनाउनुपर्ने भनि तय भएका नयाँ १२ वटा कानूनलाई समेट्छ । २३ वटा कानून संसदमै पेस गर्नुपर्ने हुन्छ ।

तीमध्ये अहिलसम्म तीनवटा नयाँ कानूनको मस्यौदा तयार भइसकेकाले संसदको हिउँदे अधिवेशन सुरु हुने बित्तिकै संविधानसँग बाझिएका साँझा कानुनको मस्यौदा संसदमा पेश गर्ने तयारी भइरहेको कानुन न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले जानकारी दिनुभयो ।