देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आज दिनभरको मौसम कहाँ कस्तो रहने ?

देशान्तर

काठमाडौं – उपत्यकासहित देशभरको मौसम बद्ली भएको छ । पश्चिमी वायुको प्रभावका कारण मौसम बद्ली भएको मौसमविद्ले बताएका छन् । मौसमविद् विभूति पोख्रेलका अनुसार बुधबार दिनभर मौसम खुल्ने सम्भावना छैन । यस्तै आज राति पूर्वका केही ठाउँ, पश्चिमका केही ठाउँ, उच्च पहाडी भेग र हिमाली भेगमा हल्का हिउँ पर्ने सम्भावना रहेको पनि मौसमविद् पोख्रेलले बताउनुभयो ।

अबको एक दुई दिनको मौसम यस्तै हुने पनि उहाँले बताउनुभयो । काठमाडौं उपत्यकाको बुधबार बिहानको न्युनतम तापक्रम ६ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।